विराटनगरमा दुई सातासम्म लकडाउन

‘विराटनगरको अवस्था अलि डरलाग्दो भएकैले यस्तो निर्णय’


  • हाम्रो कोशी आवाज
  • शुक्रबार, साउन १६, २०७७

विराटनगरः समुदायस्तरमा कोभिड १९ संक्रमण फैलिएका भन्दै विराटनगर महानगरपालिका लकडाउनमा फर्किएको छ । शनिबारदेखि दुई हप्ताका लागि लकडाउन घोषणा गरिएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरलेले लकडाउन कडाइका साथ पालना हुने बताए । ‘आज राति १२ बजेबाट साउन ३० गतेसम्म महानगरपालिका लकडाउनमा जाने भएको छ,’ पोखरेलले भने, ‘विराटनगरको अवस्था अलि डरलाग्दो भएकैले यस्तो निर्णय गरिएको हो ।’
जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले कोरोनाको संक्रमण दर बढ्दै गएकाले फेरि लकडाउन गर्न बाध्रुय हुनु परेको बताए ।
लकडाउन कडाइका साथ पालना गराउन प्रहरी प्रशासनको सक्रियता हुनेछ । उनले भने, ‘पहिलेको जस्तो लकडाउन फितलो हुन दिइने छैन ।’
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले केहीबेर अघिमात्र परिस्थितिको विश्लेषण गरी कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न सम्बन्धित स्थानीय तहहरुले आवश्यक कदम चाल्न सक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप