सभामुख प्रदीपकुमार भण्डारीको कोरोना रिपोर्ट नेगेटिभ

छोराको अवस्था सामान्य, सचेत रहन र नआत्तिन आग्रह


  • हाम्रो कोशी आवाज
  • बिहिबार, साउन १५, २०७७

धरानः प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको कोरोनाको रिपोर्ट नेगेटिभ आएको छ ।
धरान–१३ मा कोरोना पोजेटिभ रिपोर्ट आएका संक्रमित युवा उनको छोरा रहेको र उनमा पनि संक्रमणको आशंका गरिएको थियो । तर उनमा कोरोना संक्रमण नभएको पाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । बुधबार नै उनीहरूको स्वाब संकलन भएको थियो । बिहीबार उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
सभामुख भण्डारीसहित निजी सचिव र सुरक्षाकर्मीसहित ८ जनाको कोरोना टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठान स्रोतले जनाएको छ । भण्डारीका छोराको अवस्था अहिले सामान्य रहेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले जानकारी दिए ।
ट्राभल हिस्ट्री नभएका उनका छोरामा कोरोना संक्रमण भएसँगै धरानमा समुदायस्तरमा कोरोना फैलिएको हुनसक्ने आशंका पनि गरिएको थियो ।
धरानको तीनकुनेस्थित औद्योगिक क्षेत्रमा सञ्चालित प्रिति भल्वमा कार्यरत उनका छोराबाट कोरोना फैलिएको आशंका गरिएको थियो । सभामुख भण्डारीले धरानबासीलाई सचेत रहन र नआत्तिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप