इलामबाट झापा आएका तीन सशस्त्र र दमककी महिलालाई कोरोना


  • हाम्रो कोशी आवाज
  • बिहिबार, साउन १५, २०७७

धरानः इलामबाट झापा आएका तीन जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरू तालिमका लागि त्यहाँ आएको बताइएको छ ।
त्यस्तै, एकजना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी पाथीभरा गण लखनपुरका तीन जना जवानमा कोरोना संक्रमण देखिएको छ भने झापा दमक नगरपालिका–५ की एक महिलामा संक्रमण पुष्टि भएको हो । ती महिला भारतबाट फर्किएकी थिइन् । दमक नगरपालिका वडा नं ५ निवासी उनी होम क्वारेन्टाइनमा बसेकी थिइन् ।
संक्रमितलाई उपचारमा लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप