नेपालमा संक्रमित १९५४७, प्रदेश १ मा एकसहित थप तीनको मृत्यु


  • हाम्रो कोशी आवाज
  • बिहिबार, साउन १५, २०७७

धरानः नेपालमा पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २२७ रहेको छ । ६ हजार ३०४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
प्रवक्ता गौतमका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ ।
थपिएका कहाँका ?
बिहीबार प्रदेश १ का मोरङका २, सुनसरीका २, झापाका ४, उदयपुरका २, खोटाङका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, सर्लाहीका ५, धनुषाका १४, महोत्तरीका ४, बाराका १८, पर्साका ६६, नवलपरासीका १, भक्तपुरका २, काठमाडौँका ४१, ललितपुरका २, चितवनका १, दोलखाका १, गोर्खाका १, महोत्तरीका १, रौतहटका २, सप्तरीका २, नवलपरासीका ६, अर्घाखाँचीका १ र कपिलवस्तुका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै प्युठानका ३, दाङका १, धादिङका ४, नुवाकोटका २, महोत्तरीका १, लमजुङका ३, कास्कीका ३, बागलुङका ६, तनहुँका ३, स्याङ्जाका १२, बाँकेका २०, बर्दियाका ८, दाङका २, कञ्चनपुरका २, रुपन्देहीका १, मुगुका १, सल्यानका ३, सुर्खेतका ९, दैलेखका १०, जाजरकोटका १, डढेल्धुराका २, दार्चुलाका १ र कैलालीका ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थप तीनको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भइरस (कोभिड—१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बताए । मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षी पुरुष रहेका छन् ।
निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको थियो । अस्पतालको आइसियु भेन्टिलेटरम उपचारकै क्रममा उनको निधन भएको हो ।
यस्तै पर्साको वीरगन्ज–७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । उनी मृगौला समस्याबाट पीडित थिए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप