बीपीमा मृत्यु भएका पुरुषकी श्रीमतीलाई पनि कोरोना, अस्पताल भर्ना, सुनवर्षी नगरपालिकामा सिल


  • हाम्रो कोशी आवाज
  • बिहिबार, साउन १५, २०७७

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार कोराना भाइरसको संक्रमणबाट निधन भएका व्यक्तिकी श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३२ वर्षीया उनमा कोरोना पुष्टि भएको कोशी अस्पतालका चिकित्सक डा. चुमनलाल दासले जानकारी दिए ।
धरानमा बुधबार एकजना कोरोना संक्रमित बिरामीको निधन भएको थियो । करिब एक बजेतिर अत्यन्तै सिकिस्त अवस्थामा चालकको साथमा प्रतिष्ठानसँग समन्वय नगरी ल्याइएका उनको साँझ निधन भएको थियो ।
मोरङको सुनवर्षी नगरपालिका ८ का उनीहरु केहीदिनअघि भारतबाट आएको बताइएको छ । उनकी पत्नीलाई पनि कोरोना संक्रमण देखिएको छ । उनलाई उपचारका लागि मोरङको सुन्दरहरैचास्थित पुर्वाञ्चल विश्वविद्यालयको उपचार केन्द्रमा भर्ना गरिएको छ ।
यसैबीच संक्रमित भएका व्यक्तिको मृत्यु भएपछि मोरङको सुनबर्षी नगरपालिकाले ८ नम्बर वडा तीन दिनका लागि शिल गरिएको छ ।
संक्रमितको मृत्युपछि सर्तकताका लागि सुनबर्षी नगरपालिकाले शनिबारसम्मका लागि ८ नम्बर वडा शिल गरेको हो । तीन दिनसम्म वडाबाट कसैलाई बाहिर जान र वडामा आउन नदिने गरी ८ नम्बर वडा शिल गरिएको सुनबर्षी नगरपालिका प्रमुख कालिप्रसाद दासले जानकारी दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप