इटहरीमा एकजना कर्मचारीलाई कोरोना, कोशी अस्पतालमा चार जनामा कोरोना, ओपिडी अनिश्चितकालका लागि बन्द


  • हाम्रो कोशी आवाज
  • बिहिबार, साउन १५, २०७७

धरानः इटहरी उपमहानगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि उपमहानरको आकस्मिक बैठक बस्ने भएको छ । केही दिन अघि १० जना कर्मचारीको स्वास्थ्य परीक्षणका लागि स्वाव संकलन गरीएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
उता विराटनगरको कोशी अस्पतालमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी (बहिरंग) सेवा बन्द गरिएको छ । बिहीबार ओपीडीमा कार्यरत दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि ओपीडी सेवा अनिश्चितकालका लागि बन्द गरेको हो ।
ओपिडीका इञ्चार्जसहित चार जनामा कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेजा बन्दको जानकारी दिएको हो । यसअघि अस्पतालका एक डाक्टर र एक नर्समा कोरोना संक्रमण देखिएको थियो । विराटनगरै विराट नर्सिङ होमका सञ्चालकसमेत रहेका डाक्टरसहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप