लागूऔषध र ब्राउनसुगरसहित सात युवा पक्राउ


  • हाम्रो कोशी आवाज
  • बिहिबार, साउन १५, २०७७

विराटनगरः मोरङको रतुवामाई नगरपालिका–२ बाट लागूऔषध ट्याब्टेलसहित दुईजना पक्राउ परेका छन् ।
सीमा प्रहरी चौकी डोरियाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका–५ का २२ वर्षीय विवश तामाङ र २१ वर्षीय सुरज विकलाई लागूऔषध ट्याब्टेलसहित पक्राउ गरेको हो ।
निजहरूको साथबाट नाइट्रोभेट ट्याब्लेट ८ पत्ता र एसपी ट्याब्लेट ३ पत्ता बरामद भएको छ । पक्राउ परेका दुवपै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता झापामा ब्राउन सुगरसहित पाँच युवा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–४ का २८ वपर्षीय संजय पोखरेल, २९ वपर्षीय जीवन खत्री दर्जी, ३० वपर्षीय पंकज उप्रेती र २५ वपर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगरसहित बुधबार दिउँसो २ बजे कन्काई नगरपालिका–४ इलुबारीबाट पक्राउ गरेको हो ।
यसैगरी सोही टोलीले बिर्तामोड नगरपालिका–४ घर भई अर्जुनधारा नगरपालिका–६ बस्ने २० वर्षीय निकेश राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित बुधबार बेलुका ७ बजे निजको डेरा छेउबाट पक्राउ गरेको हो । नियन्त्रित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका पाँचैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप