दुबे खोलाले बगाएर राईको मृत्यु, कन्काइले बगाएर मुखिया बेपत्ता


  • हाम्रो कोशी आवाज
  • बिहिबार, साउन १५, २०७७

बिर्तामोडः संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने ३० वर्षीय सुगम राईको स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको छ ।
श्रीमती र अन्य साथीहरुसँगै दहीझोडा सामुदायिक वनतर्फ गएका राई बाटोमा रहेको डुबे खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको हो ।
खोलाले बगाएका राईलाई सँगै गएका साथीहरुले नै मृत अवस्थामा उद्धार गरी प्रहरीमा खबर गरेसँगै प्रहरी पुगेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हाल अनुसन्धान भइरहेको छ ।
यसैगरी झापाकै कन्काई नगरपालिका–४ का २७ वर्षीय कमल मुखिया माई खोलामा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । खोलाबाट दाउरा निकाल्ने क्रममा राई बेपत्ता भएको र निजको खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप