एसइईको नतिजा आएपछि कक्षा-११ मा नयाँ पाठ्यक्रम


  • हाम्रो कोशी आवाज
  • मङ्लबार, साउन १३, २०७७

धरानः सरकारले एसइईको नतिजा आएपछि कक्षा–११ मा नयाँ पाठ्यक्रमलागू हुने भएको छ ।
नयाँ शैक्षिक सत्र अब तत्काल सुुरु हुने भएकाले त्यसका लागि आवश्यक तयारी गर्न विद्यालय तथा शिक्षकहरूलाई आग्रह गरिएको छ । विद्यालय शिक्षा परीक्षा (एसईई)को नतिजा आउनसाथ कक्षा ११ को नयाँ शैक्षिक सत्र कार्यान्वयनमा आउनेछ । एसइईको नतिजा अन्तिम अवस्थामा पुुगिसकेको छ ।
विगत तीस वर्षदेखि कक्षा ११ मा धेरै विषयको पाठ्यक्रम परिमार्जन हुन नसकेको अवस्थामा नयाँ पाठ्यक्रम लागू गर्ने सरकारको निर्णयमा पुनः विचार नहुने र ढुक्क भएर यसको तयारी थाल्न पाठ्यक्रम विकास केन्द्रका अधिकारीहरूले आह्वान गरेका छन् । केन्द्रका निर्देशक गणेश भट्टराईले सानातिना समस्या भए पनि आफ्नो निर्णयबाट सरकारपछि नहट्ने बताए । कक्षा ११ को नेपाली, अग्रेजी र सामाजिक तथा जीवनउपयोगी शिक्षा गरी तीनवटा अनिवार्य विषयका पुस्तक सरकारले नै उपलब्ध गराउने जानकारी उनले दिए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप