कब्जियतको उपचारार्थ खाना


  • डा. समिर बस्नेत
  • शुक्रबार, साउन ९, २०७७

हाम्रो आन्द्रामा दूषित मल टाँसिन गई आन्द्राको स्वाभाविक क्रियामा अवरोध उत्पन्न हुनुलाई कब्जियत भनिन्छ जसलाई अङ्ग्रेजी भाषामा ‘कन्स्टिपेसन’ भनेर चिनिन्छ । दिसा नहुनुलाई मात्र कब्जियत मानिँदैन । दिसा पातलो, थोरै–थोरै हुनु, कडा हुनु, कहिले कडा कहिले पातलो हुनु र दुई–चार दिनदेखि दश–पन्ध्र दिनसम्म पनि दिसा नहुनु सबै कब्जियतकै विभिन्न अवस्थाहरु हुन् ।
कब्जियतबाट विश्वका विकसित र अविकसित सबै राष्ट्रका नागरिकहरु पीडित छन् । यस रोगलाई आकस्मिक दुर्घटना, हातखुट्टा मर्किनु, भाँच्चिनु आदिबाहेक अन्य सम्पूर्ण रोगको कारण मानिन्छ । एक अमेरिकी चिकित्सकले उनको चिकित्सालयमा आउने रोगीमध्ये ९५ प्रतिशत कब्जियतकै समस्याबाट पीडित भएको बताएका छन् ।
कब्जियतको रोगीले शारीरिक र मानसिक कुनै पनि कार्य ठीकसँग गर्न सक्दैन । कब्जियतका कारण हाम्रो आन्द्रामा उत्पन्न विषाक्त पदार्थद्वारा हृदय, कलेजो, मृगौला, मूत्राशय, प्रजनन् आदिजस्ता महत्वपूर्ण अङ्गको कार्यक्षमतामा अवरोध भई हाम्रो रगत पनि दूषित हुन पुग्दछ र अनेकौं प्रकारका रोगहरु लाग्दछन् । कब्जियतका अनेकौं कारण पनि छन् ।

१. दिसा रोक्नुः कुनै काम गरिरहेको बेला वा कुनै यात्रामा कसैलाई दिसा लागिहाल्यो भने रोक्ने गर्दछन् जसको कारण दिसा गर्ने समय बिग्रन गई कब्जियत हुन थाल्दछ । त्यसैले जहा“ जस्तो अवस्थामा दिसा लागे पनि अल्छी र लाज नमानी उचित स्थानको खोजी गरी दिसा गरिहाल्नुपर्छ ।
२. समयमा खाना नखानुः आज संसारमा लोलुपता, रिस, चाकरीको व्यस्तता आदिले मानिसहरुको खाना खाने समय पनि निश्चित छैन । भोक लागोस्, दिसा होस् वा नहोस्, हतार–हतार खाना खाएर आफ्नो कामको पछि दौडने गर्दछन् । परिणामस्वरुप त्यस्ता व्यक्तिलाई छिट्टै कब्जियत हुने गर्दछ ।
३. खाना बेमेल तथा गरिष्ठ हुनुः हाम्रो समाजमा धेरै प्रकारका परिकारहरु मरमसला र तेल चिल्लो प्रयोग गरिएका खानाहरुलाई सभ्य र पनेष्ठ खानाको रुपमा हेरिन्छ । यो बिल्कुल गलत धारणा हो जसको कारण हाम्रो पाचन शक्ति बिग्रन गई कब्जियतलगायत अन्य रोगहरु लाग्दछ ।
४. नाभि सर्नु : पुरुषको नाभि बायाँ र महिलाको दायाँ माथि सरे पनि कब्जियत हुने गर्दछ ।
५. समयको पालनः सुत्ने र उठ्ने, खाना खाने, व्यायाम गर्ने आदि समय नियमित नहुँदा पनि कब्जियत हुने गर्दछ । त्यसैले हामीले कहिले ८ बजे खाना खाने, कहिले १२ बजे खाना खाने, कहिले ९ बजे सुत्ने, कहिले १ बजे सुत्ने आदि गर्नु हुँदैन ।
६. आवश्यकताअनुसार पानी नपिउनु : शरीरमा पानीको मात्रा कम भएमा पनि कब्जियत हुने गर्दछ । पानीले ठूलो आन्द्राको मललाई नरम बनाउन र निष्काशन गर्न मद्दत गर्दछ । त्यसैले प्रत्येक दिनमा हामीले घटीमा ३ लिटर पानी पिउनुपर्छ तर खाना खाएको एक घण्टा अगाडि र पछाडि पानी खानु स्वस्थ्यकर मानिँदैन ।
७. शौचालय बढी फोहोर हुनु : शौचालय बढी फोहोर, अ“ध्यारो र सिकसिक लाग्ने आदि भएमा पनि आएको दिसासमेत रोकिन गई कब्जियत हुन सक्दछ ।
८. चिन्ता लाग्नु : चिन्ता विभिन्न प्रकारका हुन्छन् र प्रायः सबैलाई हुन्छ । जस्तोः विद्यार्थीलाई अध्ययनको चिन्ता, धनीलाई धनको चिन्ता, युवायुवतीलाई पे्रमको चिन्ता आदि । एउटा उखान छ– ‘चिताले लाश जलाउँछ तर चिन्ताले जिउँदो शरीर जलाउँछ ।’ त्यसैले हामीले जस्तोसुकै चिन्ता भए पनि अचानक चिन्ता नलिई समस्याको समाधानतर्पm लाग्नुपर्छ । चिन्ताको कारणले कब्जियतमात्र नभई अनेकौं रोगहरु लाग्न सक्छन् ।
९. उत्तेजक पदार्थहरुको सेवन : जाँड, रक्सी, चुरोट, बिँडी, नशालु पदार्थहरु गाँजा, भाङ आदिकोे सेवनले हामीलाई कब्जियतलगायत अन्य रोगका साथै पागलपनसम्म पनि हुनसक्छ ।
१०. चियाको प्रयोग : प्रायः गरी आजभोलि चिया फेसनकै रुपमा चलेको छ । धनी होस् वा गरीब, विद्वान् होस् कि मूर्ख, सबैजना बिहानदेखि रातिसम्म चिया पिउने गर्दछन् । कसैले यसको असरप्रति वास्ता गरेको पाइँदैन ।

चियामा ‘टेनिन’ भन्ने विषाक्त पदार्थको प्रयोग भएको हुन्छ जसलाई छालाका कारखानामा छाला कडा बनाउन प्रयोग गरिन्छ । त्यसै कारण चियाले हाम्रो शरीरमा गर्मी उत्पन्न भई हाम्रो पाचन प्रणालीमात्र नभई सम्पूर्ण शरीरमा गर्मी उत्पन्न भएर सम्पूर्ण शरीरमा असर पु¥याउने गर्दछ । चियाकै कारण हामीलाई पेट फुल्ने, डकार आउने, ग्याष्ट्रिक बढ्ने आदिजस्ता समस्याहरु पनि देखा पर्दछन् । त्यसैले, तपाईं हामीले चियाका बारेमा आपैंmले सोचेर निर्णय गनुपर्छ ।
आवश्यकताभन्दा बढी खाना खानु, भोक लागे–नलागे पनि जबर्जस्ती खानु, चाउचाउ, बिस्कुट, केक, पाउरोटी आदि खानु पनि कब्जियत रोगका कारणहरु नै हुन् । त्यस्तै नेपालीहरुको परिचय भनेर चिनिने ‘ग्याष्ट्रिक’ पनि कब्जियतकै उपहार हो । यसरी सामान्य जस्तो लाग्ने कब्जियत रोगको त्यति ठूलो परिणाम र असरहरु भए पनि हामीले आफ्नो खानामा सुधार गर्ने हो भने मात्र पनि यस रोगबाट सजिलै छुट्कारा पाउन सकिन्छ । अन्यथा कुनै पनि औषधिको प्रयोगले कब्जियतबाट दीर्घकालीन छुट्कारा पाउन सकिँदैन ।
बिहानको खाजामा बेलुका सफा गरेर भिजाएको ५/७ दाना किसमिस चपाई–चपाई खाने र सोही किसमिस भिजाएको पानी पिउने ।
खानामा चोकरदार आँटाको रोटी, तरकारी, गहुँको दलिया र प्रशस्त हरियो तरकारी र सलादहरु, दिउँसो नियमित गाँजरको रस वा पालुङ्गो सागको रस पिउने (१ वा २ गिलास) । दिउँसोको खाजामा अङ्कुरित गहुँ, मुग, चना आदिलाई लिन सकिन्छ । यसलाई थोरै घ्यू राखी तताएर नुन, प्याज, अदुवा, मौसमअनुसारको फलफूल मात्र पनि दिउँसोको खाजामा प्रयोग गर्न सकिन्छ । फलफूलको प्रयोग गर्दा एकपटकमा एक किसिमको मात्र फल खाने गर्नुपर्दछ र केरा, काँचो अम्बा, गेडासहितको अनार र तरकारीमा आलु, पिँडालु करेला आदि कब्जियतको रोगीले खानु हुँदैन ।
कब्जियतको रोगीले नुन सकेसम्म कम खाने वा सकिन्छ भने खाँदै नखाने र उपयुक्त खानाका साथसाथै कब्जियतमा अमलाको चूर्ण, त्रिफला चूर्ण, बेलचूर्ण आदि प्रयोग गर्नाले छिटोभन्दा छिटो फाइदा मिल्दछ । अमलाको चूर्ण तथा बेलको चूर्णलाई चाहिँ बेलुका भिजाएर बिहान खाने तर त्रिफला चूर्ण बेलुका सुत्ने बेलामा खाएर सुत्ने । यसरी हामीले हाम्रो खानाबाट नै कब्जियत तथा यसका कारणले लाग्ने अन्य सम्पूर्ण रोगहरुलाई सजिलै हटाउन सकिन्छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप