‘मिल्टेरीको जुत्ता’ सार्वजनिक (भिडियोसहित )


  • हाम्रो कोशी आवाज
  • शुक्रबार, साउन २, २०७७

धरानः गायक पवन गिरीले लोक परिवेशमा आधारित गीत ‘मिल्टेरीको जुत्ता’ सार्वजनिक गरेका छन् । नेपाल आइडलमा रकस्टारका रुपमा चिनिएका गायक गिरीले यसघिका गीत भन्दा फरक स्वादको गीत ल्याएका छन् ।
सबैले सुन्न सक्ने सरल शब्द र टिप्न सक्ने धुन समावेश यो गीत कोरनाका कारण निराश मनहरुमा मुस्कान ल्याउने खालको छ । गीतका शब्द रमेश दहालले लेखेका हुन् भने संगीत टिका दहालको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।
गीतअनुसार निकै रमाइलो तरिका बाट म्युजिक भिडियो बनाइएको छ जसमा जोडी सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । धेरै जना टिमको सहयोगमा तयार भएको भिडियोलाई गम्भीर बिस्टले कोरियोग्राफी र अर्जुन तिवारीले छायांकन गरेका हुन् । जीवन थापाले भिडियोलाई सम्पादन गरेका हुन् । हास्य टेलिश्रृंखला ‘सक्किगोनि’मा काकु भनेर चिनिने कलाकार दीपक आचार्यको निर्देशनमा भिडियो तयार भएको हो । भिडियोलाई वाइड लेन्स प्रोडक्सनको च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
लामो समयको प्रतीक्षा पछि बजारमा आएको यो भिडियो स्रोता दर्शकलाई मन पर्नेकुरामा टिम आशावादी छ । साथै दर्शक , स्रोता बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा समेत गरिएको छ । रामजी बस्नेत प्रति विशेष आभार प्रकट गरिएको भिडियोलाई वाइड लेन्स प्रोडक्सनका सीईओ प्रज्वल गजुरेल र विनोद भारतीको लगानीमा तयार पारिएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप