ट्याक्टर दुर्घटना दुईजनाको मृत्यु


  • हाम्रो कोशी आवाज
  • शुक्रबार, असार २६, २०७७

इलामः इलामको माई नगरपालिका–१ पालटारमा भएको ट्याक्टर दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो साढे २ बजेको समयमा खेत जोतेर फर्कदै गरेको मे१त ७४४० नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका ट्याक्टर चालक माई नगरपालिका–१ का २१ वर्षीय सुजन विश्वकर्मा र ट्याक्टरमा सवार रहेका ११ वर्षीय बालक नितेश गिरीलाई उपचारको लागि झापा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । सोही ट्याक्टरमा रहेका अर्का घाइते १९ वर्षीय समिर विश्वकर्माको झापाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप