भानुचोकमा न यात्रु, न बस


  • हाम्रो कोशी आवाज
  • शुक्रबार, असार २६, २०७७

धरानः सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरेपनि यातायात व्यवसायीमा अझै अन्यौलता छाएको छ ।
धरानको भानुचोकको दृश्य हेर्ने हो भने एउटा पनि सार्वजनिक बस चलेका छैनन् । त्यहाँ एउटा पनि सार्वजनिक बस छैन । त्यहाँबाट चल्ने कुनै पनि सवारी साधन नै छैनन् । त्यस्तै, त्यहाँ यात्रु पनि खासै देखिएका छैनन् । भानुचोक वरपर केही टयाक्सी र अन्य साना सवारी साधन भने जम्मा हुन थालेका छन् ।
साढे तीन महिनासम्म ग्यारेजमा राखिएका गाडी अहिले नै चलाउन सक्ने अवस्थामा नरहेको व्यवसायीले बताउँदै आएका छन् । उनीहरूले स्वास्थ्यसम्बन्धी मापदण्डबारे पनि स्पष्ट नभएको बताउँदै आएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडी कहिलेदेखि चलाउने भन्नेबारे बैठक गरेर निर्णय गर्ने जानकारी दिए ।
सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दूरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्ने नियम छ । ढोका र गाडीभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्नु पर्नेछ । यस्तै, एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ । ट्याक्सीमा चालकबाहेक दुई जनासम्म मात्र यात्रु राख्न पाइने सरकारले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप