धरानमा जीतेन राई मृत भेटिए


  • हाम्रो कोशी आवाज
  • मङ्लबार, असार २३, २०७७

धरानः धरान–१ स्थित शिखर टोलमा एक व्यक्ति मृत भेटिएका छन् ।
इलाम घर भएका धरानस्थित ससुरालीमा बस्दै आएका जीतेन राई मृत भेटिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले घटनाको पुष्टि गरे ।
स्थानीय फर्निचरमा काम गर्दै आएका उनी बिहान घरमा नदेखिएपछि खोजी गर्दै जाँदा नजिकै मृत अवस्थामा फेला परेको आफन्तले बताएका छन् । अहिले घटनास्थलमा प्रहरी पुगिसकेको डिएसपी बस्नेतले बताए । उनी सो स्थानमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप