आपराधिक गतिविधिमा नयाँ-नयाँ शैली

प्रदेश १ सरकारले बाँडयो यस्तो मोटरसाइकल !


  • हाम्रो कोशी आवाज
  • आइतवार, असार २१, २०७७

विराटनगरः आन्तरिक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाइकल तथा १० थान स्कुटर प्रदान गरेको छ ।
१ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्राङगणमा आइतबार एक कार्यक्रमको आयोजना गरी आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीलाई मोटरसाइकल तथा स्कुटरको चावी हस्तान्तरण गरेका थिए ।
चावी हस्तान्तरण कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले विभिन्न अपराध कार्यमा संग्लग्न ब्यक्तिहरूले अपराधका नयाँ–नयाँ शैली अपनाइरहेको अवस्थामा आन्तरिक शान्ति–सुरक्षाको प्रमुख जिम्मेवारी रहेको नेपाल प्रहरीलाई साधन श्रोत सम्पन्न बनाउनुको विकल्प नरहेको बताए । हरेक प्रहरी युनिटमा सवारी साधन पुरयाउने र आन्तरिक शान्ति सुरक्षालाई थप सुदृढ बनाइ आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने प्रदेश सरकारको दुरगामी नीति रहेको हुँदा सवारी साधन उपलब्ध गराइएको बताए ।
मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुलाई उपलब्ध गराउने गरी टिभीएस कम्पनीको १६० सिसीको अपाचे मोटरसाइकल ९० थान, बजाज कम्पनीको १५० सिसीको पल्सर मोटरसाइकल ८० थान र यामाहा कम्पनीको १२५ सिसीको यामाहा स्कुटर १० थान गरी कुल १८० थान सवारी साधन उपलब्ध गराएको हो । यसैगरी ट्राफिक ब्यवस्थापनमा सहजताका लागि मन्त्रालयले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीलाई समेत १० थान मोटरसाइकल हस्तान्तरण गरेको थियो ।
चावी हस्तानतरण कार्यक्रममा सवारी साधनको चावी ग्रहण गर्दै १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कार्कीले प्रदेश सरकारलाई हार्दिक धन्यवाद दिनुका साथै उपलव्ध सवारी साधनले प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला प्रदान गरेको र उपलब्ध सवारी साधनहरु तल्लो स्तरसम्मका हरेक प्रहरी कार्यालयहरुमा वितरण गरिने तथा प्राप्त सवारी साधनले प्रहरीको काम कारवाहीमा सहजता प्रदान गरी चुस्तदुरुस्त हुनेमा आफु विश्वस्त रहेको बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप