धरानः इलाका प्रहरी कार्यालय धरानले पानमारा बस स्टेण्डट नजिक रहेको डेरा कोठाबाट लागूऔषध बरामद गरेको छ ।
डेरा कोठा गरी बस्ने किशन श्रेष्ठले कोठामा अवैध लागूऔषध सञ्चय गरी बेचबिखन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा क्षेत्रीय अनुसन्धान समूह र इलाकाको प्रहरी टोलीले लागूऔषध बरामद गरी उनलाई पक्राउ गरेको हो ।
उनको डेरा कोठा तलासी लिँदा भाडा लिएको कोठाबाट अवैध लागूऔषध, हतियार नाल १ र नगद रकम फेला परेकोमा डिएसपी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बरामद सामग्री
कोठाको भुईमा रहेको हरियो रातो बि क्लाउड लेखिएको जेब्रा झोलाभित्र नाइट्रोसन लेखिएको २६ पत्ता (प्रतिपत्ता १० ट्याबलेटको दरले) जम्मा २६० (दुईसय साठी ) ट्याब्लेट , सोही झोलाभित्र स्पास्मोप्रोक्सिभन २३ पत्ता प्रति पत्ता (प्रति पत्ता २४ क्याप्सुलका दरले) जम्मा ५५२ (पाँच सय बाउन्न) क्याप्सुल र डाइलेक्स डिसी १०० एमएल लेखिएको सिलप्याक भएको ६ बोतल ।