भेडेटारनजिकको कार्कीछापमा ट्रक चालकको मृत्यु, मोरङमा टयाक्टरमा चेपिएर र झापामा करेन्ट लागेर मृत्यु


  • हाम्रो कोशी आवाज

धरानः धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
सोमबार राति साढे ९ बजे विराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को१ख ४३६६ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पु¥याई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका–९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । दुर्घटनामा कल्पना सुब्बाको १२ वर्षीया छोरी जुनु सुब्बा सामान्य घाइते भई स्थानीय मेडिकलमा उपचारार्थ पठाइएको तथा अन्य थप अनुसन्धान भइरहेको सो कार्यालयले जनाएको छ ।
यस्तै, मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा चेपिएर १ जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–६ का लखना रायको खेतमा जोत्दै गरेको को२त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई खेतमा काम गर्दै गरेका स्थानीय २२ वर्षीय मो.सजाद मियाँलाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटी गई थप अनुसन्धान कार्य भइरहेको छ भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता झापाको भद्रपुर नगरपालिका–१० का २६ वर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ ।
सोमबार साँझ ७ बजे घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भइरहेको सो कार्यालयले जनाएको छ ।a

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप