धरानमा तीनपाने र कालो बङ्गुर ब्राण्डिङका लागि कानुनी प्रक्रिया पूरा गरिनेछः मेयर तिलक राई

अब लेदो पानी पनि आउँदैन


  • हाम्रो कोशी आवाज

धरानः धरानमा उत्पादन गरिने तिनपाने रक्सी र कालो बङ्गुरको मासुलाई ब्रान्डिङ गर्न कानुनी प्रक्रियाको थालनी गरिने धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताएका छन् ।
‘तीनपाने र कालो बङ्गुर आदिवासी जनजातिको सांस्कृतिक अधिकार हो’, नेपाल आदिवासी जनजाति नगर महासंघ धरानले आयोजना गरेको तीनदिने कोभिड–१९ सम्बन्धी सचेतना तथा सेनिटाइजर बनाउने तालिमको समापनको अवसरमा बोल्दै उनले भने, ‘धरानका विभिन्न वडामा तामाङ, मगर, नेवार, राई, लिम्बू लगायतको घरमा मात्र नभएर आफ्नै घरमा समेत रक्सी पार्ने गरेको छु ।’
नगरसभामै पनि आफूले आदिवासीको पुख्र्यौली सीप कला स्थापित गर्नको तीनपाने र कालो बङ्गुरको लागि प्रस्ताव लगेको बताउँदै उनले भने, ‘एकातिर कानुनी मान्यता पाइन्छ भने अर्कोतिर कर समेत सङकलन हुन्छ नि ।’ उनले रक्सी खाद्य प्रविधि क्याम्पस हात्तिसारमा नै प्राविधिक रहेकोले आगोमा बालेर गुणस्तर नाप्नुभन्दा आधुनिक प्रविधिमार्फत गुणस्तर मापन गरिने बताए ।
अर्को प्रसंगमा उनले धरानमा खानेपानीको विषयमा धराने जनताले खबरदारी गरिरहेको बताउँदै अब लेदो पानी नआउने बताए । ‘मम नियमितरूपमा मुहानमा पुगिरहेको छु । बर्खाको पानी सिधै धारामा आएको गुनासो बढेको छ, पानी थिग्रयाउने काम भइरहेको छ, अब लेदो पानी आउँदैन ।’
तीनदिने कार्यक्रममा १५० जना आदिवासी महिला पुरुषले भाग लिएका थिए । कार्यक्रमलाई सरुवा रिग विशेषज्ञ डा. किशोर गुरुङ, धिरेन लिम्बू, अर्जुन घिमिरे, कामना वान्तवाले प्रशिक्षण दिएका थिए । तीनदिने कार्यक्रम अध्यक्षता महासंघका अध्यक्ष सुवास हुक्पाचोङवाङले गरेका थिए । कार्यक्रम उपमहानगरपालिकाकै चालु आवको लक्ष्ति बजेटमा भएको हो ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप