बीपी प्रतिष्ठानबाट ८ जना घर फिरे, ३ जना भर्ना


  • हाम्रो कोशी आवाज

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ८ जना कोरोना संक्रमित उपचारपछि घर फिरेका छन् । सोमबार नै ३ जना नयाँ संक्रमित प्रतिष्ठानमा भर्ना भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
प्रतिष्ठानबाट १७ वर्षदेखि ६० वर्ष उमेर समूहका ८ जना मोरङका पुरुष घर फिरेको उनले जानकारी दिए । हाल प्रतिष्ठानमा ३१ जना कोरोना संक्रमित उपचाररत् रहेका छन् भने प्रतिष्ठानबाट हालसम्म १ सय ८५ जना संक्रमतिहरु सफल उपचारपछि घर फिरेको उनले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप