विराटनगरकी २५ वर्षीया युवतीमा कोरोना


  • हाम्रो कोशी आवाज

विराटनगरः विराटनगरमा एक २५ वर्षीया युवतीमा कोरोना पोजेटिभ देखिएको छ । दुबईबाट आएर विराटनगरको होटलको क्वारेन्टाइनमा बस्दै आएकी युवतीको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको हो ।
संक्रमित युवती विराटनगर १५ निवासी हुन् । महानगरपालिकाका जनस्वास्थ महाशाखा प्रमुख रमेश कार्कीका अनुसार असार ९ गते दुबईबाट आएकी युवतीको आइतबार थ्रोट स्वाब नमूना संकलन जनस्वास्थ्य महाशाखा प्रदेश १ मा परीक्षण गरिएको थियो । यससंगै महानगरपालिकामा ६ महिलासहित ४ पुरुष गरि कुल १० जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप