ताप्लेजुङमा कुलोमा डुबेर नाबालकको मृत्यु


  • हाम्रो कोशी आवाज

ताप्लेजुङः ताप्लेजुङ श्रीजंघा–१ जौबारीका ७ वर्षीय रविन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ ।
आइतबार राति घरबाट निस्किएका रविन अबेरसम्म पनि घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनलाई घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको भनी मृतकका बाबु सबिना दर्जीले प्रहरी चौकी सिनाम ताप्लेजुङमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनमसाथ प्रहरी टोली खटि गई कानुनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप