भोजपुरको आगलागीमा परेकी बालिकाको धरान ल्याउँदै गर्दा धनकुटामा मृत्यु


  • कोशी अवाज

धरानः भोजपुरमा आगलागीमा परेर घाइते बनेकी बालिकाको धरान ल्याइनपुरयाउँदै मृत्यु भएको छ ।
भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीका कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा अन्दाजी १५ लाख बराबरको क्षति हुनुका साथै आगलागीमा परी एक बालिका घाइते बनेकी थिइन् ।
स्थानीय कर्णबहादुरकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाई छ ।
आइतबार दिउँसो साढे १ बजेको समयमा कार्कीको घरमा विद्युत सर्ट भई अचानक आगलागी हुँदा निजको टिनको छानो भएको कच्ची घर र घर भित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगाएत सम्पुर्ण समान जलेर नष्ट हुँदा करिव १५ लाख बराबरको क्षति भएको हो ।
आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा दिउँसो पौने ३ बजे आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप