नागरिकता विधेयकले गोर्खा भूपु सैनिकका सन्ततिलाई असर गर्छः गजेन्द्र इस्वो


  • हाम्रो कोशी आवाज

धरानः जनता समाजवादी पार्टीले हाल देशमा भइरहेको विषयलाई लिएर धरानमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
जनता समाजवादी धरान उपमहानगर समितिले आइतबार बसेको बैठकले यही असार १६ गते दिउँसो ३ बजे धरानको लोकतान्त्रिक चौतारीमा बिरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
भुपु सैनिक गजेन्द्र इस्वोले हालको नागरिकता विधेयकले गोर्खा भुपुको सन्ततिलाई समेत नराम्रो असर पार्ने भन्दै सम्पूर्ण भुपु सैनिकले बुझेर विरोध गर्न आवश्यक रहेको बताए ।
हाल नेकपाको सरकारले लैंगिक विभेद सहितको नागरिकता ऐन ल्याएको भन्दै त्यस विषयलाई नेपालको अन्तरिम संविधान र नेपालको संविधान (२०७२) को नागरिकताको प्रावधान अनुसार र नागरिकता ऐन २०६३ अनुसार अंगीकृत नागरिकता दिनुपर्ने भन्दै विरोध गर्ने बैठकबाट पारित गरेको कुरा जनता समाजवादी पार्टी धरानका अध्यक्ष ताजुप लिम्बुले बताए । अध्यक्ष लिम्बुले १६ गते राष्ट्रियस्तरको मुद्दा एमसिसीबारे र स्थानीयस्तरको मुद्दा धरानको खानेपानीबारे पनि उठान गर्ने बताए । त्यसैगरी रुकुम घटनामा पार्टीले यसअघि नै समर्थन गरेको भन्दै सो दिन पनि खबरदारी गर्ने उनले बताए ।
यसैबीच धरानमा समाजवादी दलित मुक्ति महासंघ तथा युवा संघ गठन भएको छ ।
पार्टी सम्वद्ध समाजवादी दलित मुक्ति महासंघ तथा समाजवादी युवा संघ धरान उपमहानगर कमिटी गठन भएको हो । धरानमा भएको एक भेलाले डिल्ली विकको अध्यक्षतामा १३ सदस्यीय दलित मुक्ति महासंघ र सुरेश लिम्बुको अध्यक्षतामा २१ सदस्यीय समाजवादी युवा संघ गठन गरिएको हो ।
पार्टीकी धरान उपमहानगर समिति बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख विना राईको अध्यक्षता एवम् पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य तथा सकुम्बासी ब्यवस्थापन संघका केन्द्रीय इन्चार्ज दीपक मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको सो संयुक्त भेलाले दुई छुट्टाछुट्टै समिति गठन गरेको हो । दलित मुक्ति महासंघमा अध्यक्ष डिल्ली विक सहित उपाध्यक्षमा कमल लोहार र जुना रामदाम, सचिवमा चिनकाजी शंकर, सहसचिवमा टीका चाहार, कोषाध्यक्षमा संगीता रामदाम, सदस्यहरुमा भक्त शंकर, रिना लामिछाने, दानबहादुर घिमिरे, रविन विक,जुयल रम्तेल, सुरेन सुन्दास र लिला घिमिरे रहेका छन् ।
त्यसैगरी समाजवादी युवा संघमा अध्यक्ष सुरेश लिम्बू सहित उपाध्यक्षमा पर्वत राई, अरमान अलि, सचिवमा सुुवोर्ट राई, सहसचिवमा दिपक राई, कोषाध्यक्षमा डम्बर मगर, सदस्यहरुमा दिनेश राई, संजीव गुरुङ, विजय तामाङ, रोजेश राई, हिमाल गिरी, गणेश रामदाम, सरोज श्रेष्ठ, विमल श्रेष्ठ, एनु शेर्पा, कुसाङ शेर्पा, शुक्रराज लिम्बू, रामप्रसाद जिमी, सुरेश जिमी, अनिल लिम्बू, विज्ञान राई, र अभिषेक श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप