सदरमुकाममा बसेर काम गरेपछि कर्मचारीको तलब रोक्का, जनप्रतिनिधी मौन


  • दिलकुमार लिम्बू

ताप्लेजुङः ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिकाको केन्द्रबाट कार्य सम्पादन नहुन्जेल पालिकामा कार्यरत् कर्मचारीहरूको तलब भत्ता साउनदेखि रोक्का गर्ने निर्णय गरेको छ ।
ताप्लेजुङ जिल्लामा एक नगरपालिका र आठ गाउँपालिका रहेको छ भने ७ गाउँपालिकाले तोकिएको आफ्नै केन्द्रबाट शुरूदेखि नै कार्य सम्पादन गर्दै आएको छ । तर मिक्वाखोला गाउँपालिकाको भने ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारदेखि नै अहिले कार्य सञ्चालन हुँदै आएको छ । गाउँपालिकाको सेवा लिन ताप्लेजुङको सदरमुकाम फुङलिङ नगरपालिकाको बजार पुग्नुपर्ने बाध्यता खेप्दै आएको छ । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधीहरूले कार्यभार सम्हालेको पनि तीन वर्ष पूरा भइसक्यो तर पनि मिक्वाखोला गाउँपालिकाले आफ्नै थलोबाट कार्य सम्पादन गर्न सकिहेको छैन ।
सुरक्षा, टेलिफोन, नेट साथै भौतिक संरचानाहरूको समस्या भएकोले अहिलेसम्म सदरमुकामै बसेर कार्यसम्पादन गर्नु परेको एक स्थानीय जनप्रतिनिधिले जानकारी दिए । विभिन्न सञ्चार माध्यमहरूले मिक्वाखोला गाउँपालिकाको कार्यालय सदरमुकामबाटै सञ्चालन भएको समाचार प्रकाशन तथा प्रसारण गरेको साथै विभिन्न ठाउँहरूबाट समेत मिक्वाखोला गाउँपालिका गाउँपालिकाको कार्यालयको विषयमा खिल्ली उडाउने काम भइरहेकोले मिक्वाखोला गाउँपालिकाकामा कार्यरत सबै कर्मचारी एक भएर आफ्नै केन्द्र थलोबाट कार्यसम्पादन नभएसम्म आफ्नो तलब तथा सेवासुविधा रोक्का गर्ने निर्णयमा पुगेको मिक्वाखोला गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरूङले बताए ।
मिक्वाखोला गाउँपालिकामा कार्यरत स्थायी १८ करा १५ कर्मचारी छन् भने स्वास्थ्य तर्फ २६ र शिक्षा तर्फ कर्मचारी तथा शिक्षक कार्यालय सहयोगी गरी १५६ गरी जम्मा २१५ जना कर्मचारीको सहमतीमा तलब भत्ता साउनदेखिको रोक्का गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गुरुङ जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत गुरुङले हाम्रो कोशी आवाजसँग कुरा गर्दै भने, ‘असार अन्तिम खाता बन्द गरेर घर जान्छु र साउन अन्तिम पालिका आउँछु सरमुका नबसी त्यहाँ गएर एउटा घरबाट भएपनि कार्यसम्पादन गर्न सुरु गर्नछु ।’
जब पालिकाको आफ्नै भवनबाट कार्यसम्पादन नभएसम्म पालिकामा कार्यरत सबै कर्मचारीले सेवा सुविधा तलब नलिने भएपनि स्थानीय जनप्रतिनिधि भने सेवा सुविधा लिने नलिने भन्ने विषयमा अहिलेसम्म मौन रहेका छन् ।
मिक्वाखोला गाउँपालिकाको सम्पर्क कार्यालयमा ताप्लेजुङको दरमुकाममा कार्य सम्पादन गर्दै कर्मचारीहरू । फोटोः दिलकुमार

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप