धरानका सांसद्का स्वकीय सचिव झुन्डिएको अवस्थामा फेला


  • कोशी अवाज

धरानः धरानका प्रदेश १ सांसद् चन्द्रप्रसाद श्रेष्ठका स्वकीय सचिव प्रताप भट्टराई झुन्डिएको अवस्थामा फेला परेका छन् ।
उनी कांग्रेसका क्षेत्रीय सदस्य पनि हुन् । धरान–१४ विजयपुरमा बस्दै आएका उनी झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेपाली काग्रेस नगर सचिव श्याम पोख्रेलका अनुसार कोठामा पंखामा झुण्डिएको अवस्थामा भट्टराईको शव फेला परेको जानकारी दिए । उनले आफ्नै घरमा कोठाको पंखामा पासो लगाइ झुन्डिएको प्रहरीले जनाएको छ । मृतक भट्टराईको श्रीमती र छोरी माइती गएको कारण कोठामा एक्लै थिए । करिब साढे ९ बजेतिर मात्र उनले आत्महत्या गरेको थाहा पाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी टोली घटनास्थलमा पुगेर अहिले घटनास्थलको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि प्रतिष्ठान लगेको छ । २८ वर्षीय मृतक भट्टराई युवा नेताका रूपमा धरानमा चिनिन्थे ।
घटनापछि प्रा.डा. राजेन्द्र शर्माले फेसबुकमा पोष्ट्याएका छन्–
के गरयौ प्रताप बाबु यस्तो अप्रत्याशित काम ?
अरूको आत्मबल बढाउँदै अर्ती उपदेश दिन्थ्यौ,
जीवनसँग एक्लै पनि संघर्ष गर्दै भीड्न तयार हुन्थ्यौ,
कलाले निपूर्ण थियौ, शिक्षित एवं उद्यमी पनि थियौ,
तर, कुन दशाले तिम्रो मतिलाई ढाकिदियो तत्क्षण ?
भावपूर्ण श्रद्धाञ्जली

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप