धरान-विष्णुपादुका अबको १५ दिनमा पुलबाटै सरर


  • हाम्रो कोशी आवाज

धरानः प्रसिद्ध धार्मिकस्थल विष्णुपादुका जोड्ने पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
धरान–११ मङ्गलबारे पश्चिम सर्दुखोलामा यस्तो पुल निर्माण भएको हो । ८ करोड बजेटमा बन्न लागेको सो पुल अबको १५ दिनमा बनिसक्ने निर्माण कम्पनी बन्धु कन्ट्रक्सनले जनाएको छ । कम्पनीका पर्शुराम चापागाईंका अनुसार यो पुल यो असारसम्ममा निर्माण सकिने भन्दै अघिल्लो वर्ष थालिएको थियो ।
धरान–विष्णुपादुका उपमहानगरपालिकामा गाभिएको अर्को साविक गाविस विष्णुपादुका पुग्ने मुख्य बाटोमा पुल नहुँदा यसअघि त्यहाँका जनताले दुःख पाउँदै आएका थिए । विष्णुपादुकाजस्तो प्रसिद्ध धार्मिकस्थल पुग्नलाई पनि खोलाले निक्कै सताउने गरेको थियो । विष्णुपादुकाको धार्मिकस्थल पुग्ने धर्मावलम्वी साथै पर्यटकलाई पनि समस्या थियो ।
वर्षा लाग्यो कि सर्दु तर्न सर्वसाधारणका लागि जोखिम नै थियो । जोखिमपुर्ण यात्रा गर्न बाध्य हुँदै उनीहरू वर्षामा उत्पादन भएका कृषि उत्पादन बजारसम्म ल्याउन हम्मे पर्ने गरेको विष्णुपादुकाका कृषक हेमकर्ण राईले बताउँछन् । ‘खासगरी चल्तीको धरान–विष्णुपादुका सडकखण्डमा पर्ने सर्दु खोलामा पुल नहुँदा सर्वसाधारणहरुले धेरै सास्ती भोग्नु परिरहेको थियो तर अहिले पुल बन्ने भएपछि खुशी छौं ।’ उनले थपे । त्यस क्षेत्रका जनताहरू शिक्षा, स्वास्थ्य, व्यापारलगायतको लागि धरान आउने गर्छन् । वर्षामा त अझ बिरामी पर्दा समस्या हुने गरेको थियो । बीपी प्रतिष्ठान बिरामी ल्याउँदा रोकिनुपर्नेसम्मको अवस्था आउने गरेको स्थानीयबासी बताउँछन् ।
फोटोः हाम्रो कोशी आवाज

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप