धरानमा लकडाउन उल्लंघनः कस्तो अवस्थामा छन् प्रहरीले थुतेका तीन बोरा चाबी ?

टेम्पो र सफारीलाई धमाधम च्याप्प


  • हाम्रो कोशी आवाज
Featured Video Play Icon

धरानः धरानमा प्रहरीले लकडाउन उल्लंघन गर्ने अर्थात् अटेर गर्नेको चाबी थुतेर कारवाही गरेको थियो । त्यतिबेला प्रहरीले अटेर गर्ने स्कुटी र मोटरसाइकल चालकको चाबी थुत्दै कार्यालय लैजाने गरेको थियो । कारवाही गरेपछि मोटरसाइकलबाट थुतिएका कतिपय चाबीको बोरा अहिले पनि प्रहरी कार्यालयमै छ । बोरामा र झोलामा पोको पारेर चाबी राखिँदा कतिले आफ्नो चाबी चिन्नै नसकेको र भेट्टाउनै मुस्किल हुने गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानमा भन्दा पनि इलाका प्रहरी कार्यालय धरानमा अहिले धेरै चाबी थुप्रिएर बसेको छ । यी दुई कार्यालयमध्ये इलाका प्रहरी कार्यालयले झन्डै तीन बोरा चाबी थुतेको थियो ।
‘आज (शनिबार) सम्म करिब ११ सय वटा चाबी बुझाइसकेका छौं’, प्रहरी निरीक्षक हेमराज ओलीले भने, ‘अझै एक बोरा बुझाउन बाँकी छ ।’ उनका अनुसार दिनहुँ चाबी लिन आउने गरेका छन् । उनका अनुसार दुई जना चढेको पाइएपछि केही नयाँ चाबी पनि खोसिएको उनले बताए ।
जिल्ला ट्राफिकका प्रमुख अञ्जन कोइरालाले थुतिएका चाबी धमाधम दिन थालेको बताए । ‘हाम्रोमा करिब दुई सयजति चाबी दिइसकेका छौं, अझै सवारी चालकहरू चाबीबारे चासो न चिन्ता लिइरहेको पाइरहेका छौं, अझै दुई पोकाजति चाबी अझै दिन बाँकी छ ।’
सरकारले लकडाउनको समयमा घरबाहिर ननिस्कन र सवारी नचलाउन भनेपनि अटेर गरेपछि कारवाहीस्वरूप चाबी थुतेको उनले बताए । ‘हामीले सबै सवारीधनीलाई लकडाउन पछि मात्रै चाबी दिने भनेका थियौं, लकडाउन केही खुकुलो भएपछि र मोटरसाइकल स्कुटी चलाउन पाइने भएपछि दिन थालेका हौं ।’ उनले भने ।
धरानमा टेम्पो र सिटी सफारीलाई च्याप्प
सार्वजनिक सवारी चल्न नदिइने सरकारको निर्णयपछि धरानमा सिटी सफारी र टेम्पोलाई पनि नियन्त्रणमा लिन थालिएको प्रहरी प्रमुख कोइरालाको भनाइ छ । ‘माथिबाट त्यस्तै आदेश र निर्देशन छ, हामीले पालना गर्नैपरयो, हिजोदेखि धमाधम टेम्पो र सिटी सफारीलाई नियन्त्रणमा लिन थालिएको छ ।’ उनले भने । दुईदिनमा करिब ४०–५० वटा टेम्पो र सिटी सफारी नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप