धरानमा एयरपोर्ट निर्माणको पहल र खेलग्राम निर्माण

प्रदेश १ सरकारको नीति कार्यक्रम


  • हाम्रो कोशी आवाज

धरानः धरानमा बन्न नसकेर चर्चा कमाइरहेको विमानस्थलको फेरि चर्चा चुलिएको छ ।
प्रदेश १ सरकारले प्रदेशसभामा आगामी आर्थिक वर्षका लागि नीति कार्यक्रम प्रस्तुत गर्दै धरान विमानस्थल बनाउन पहल गर्ने जनाएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धरान विमानस्थल बनाउन पनि पहल गरिने जनाइएको छ ।
बुँदा नं. १७७. मा भनिएको छ–विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा स्तरोन्नति गर्नका लागि जग्गा अधिग्रहण लगायतको कार्यका लागि ठोस पहल कदमी लिइनेछ । धरानमा समेत बिमानस्थल निर्माण गर्नका लागि आवश्यक पहल शुरु गरिनेछ ।
यस्तै, २०८ नं. बुँदामा प्रादेशिक एवम् जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारहरुको स्तारोन्नति र निर्माण कार्यलाई जोड दिइने जनाइएको छ । धरानस्थित खेलग्राम निर्माणको कार्यलाई निरन्तरता दिइने कार्यक्रममा जनाइएको छ । नीति तथा कार्यक्रममा कम्तिमा दुई वटा खेल स्कुल सन्चालनको अध्ययन र पूर्वाधार निर्माण कार्यको थालनी गरिने जनाइएको छ । सबै प्रकारका शिक्षण संस्थालाई खेलकुद प्रतियोगिता सञ्चालन गर्न प्रोत्साहित गरिने र प्रदेश भित्रका ख्यातीप्राप्त खेलाडीलाई सम्मान गर्ने नीतिलाई निरन्तरता दिइनेछ भनिएको छ ।

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप