पढ्दै, नाच्दै, कमाउँदै गर्छिन् धरानकी यी छात्रा

जसले हालसम्म कमाइन् ५ लाख बढी


  • हाम्रो कोशी आवाज
  • २०७६ फागुन ३०

धरानः अधिकांश बालबालिकाका केही न केही प्रतिभा लुकेकै हुन्छन् । त्यो कुरा स्कुल प्रशासन र अभिभावकले ध्यान दिने गर्नुपर्दछ । धरानकी एक छात्राले जसले नाचेरै ५ लाख बढी कमाइसकिन् भन्दा पत्यार नलाग्ला तर सही हो । तर सही हो उनले नाचेरै त्यतिको रकम कमाइसकेकी हुन् । धरान–१२ स्थित सुनाखरी एकेडेमीमा यसपटक एसइई दिने तयारीमा रहेकी उनले नर्सरीदेखि हालसम्म आइपुग्दा ५ लाख रूपैयाँ बढी कमाइसकेकी हुन् ।
कक्षा नर्सरीदेखि पढ्दा ‘मै छोरी सुन्दरी’ बोलको गीतमा नाचेर प्रथम बन्दै कापी, पेन्सिललगायत ५ सय रूपैयाँ बक्सिस पाएकी उनले नाच्न छोडिनन् । ‘त्यसपछि स्कुलमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा नाचिरहे’, उनले भनिन्, ‘१० कक्षासम्म आइपुग्दा अहिलेसम्म हारेको रेकर्ड छैन ।’
उनले स्कुल, स्थानीय, जिल्ला र प्रदेशस्तरसम्मको नृत्य प्रतियोगितामा भाग लिइसकेकी छिन् । उनले सुनाखरी पढेदेखि हालसम्म ४ लाख बढी नाचेरै कमाइसकेको बताइन् । ‘प्रथम, दोस्रो, तेस्रो हुँदै कतै २ हजार, कतै ४ हजार, कतै २० हजार पुरस्कारस्वरूप पाउँदै आएको छु’, उनले भनिन्, ‘स्कुल, स्थानीयदेखि प्रदेशस्तरीय नृत्य कम्पिटिसनमा भाग लिएर यतिका रकम जितेकी हुँ ।’
स्कुलस्तरीय नृत्य प्रतियोगितामा विभिन्न मेडल, ट्रफी जित्दै आएको उनले बताइन् । प्रदेशस्तरीय नृत्य प्रतियोगितामा उनले ४० हजार जितेकी छिन् भने स्थानीयस्तरमा भएको प्रतियोगितामा २५ हजार जितेकी छिन् । उनले भर्खरै धरानमा सम्पन्न औद्योगिक व्यापार मेलामा दोस्रो बन्दै २५ हजार ५ सय ५१ रूपैयाँ जितेको बताइन् ।
उनले पुरस्कार मात्रै होइन नृत्य सिकाएरै पनि केही रकम कमाइसकेकी छिन् । ‘केही महिनाअघि धरान वडा नं. १३ को आयोजनामा उनले त्यहाँका किशोरकिशोरीलाई नृत्य सिकाएर केही रकम पाएको थिएँ’, उनले भनिन्, ‘अन्यतिरबाट पनि खुब अफर आउन थालिसकेको छ ।’ उनले भनिन्, ‘तर पढाइलाई निरन्तरता दिनुपर्ने हुनाले भ्याउँदिन भनिदिने गरेको छु ।’
उनी पढाइमा पनि अब्बल छिन् । भविष्यमा सफल कलाकार बन्ने धोको बुनेकी उनी नाटक पनि खेल्छिन् । नाटकमा पनि अब्बलता सावित गरिसकेकी छिन् । उनी कलाकारिता क्षेत्रमै जम्ने सुरमा छन् । ‘अहिले नृत्यमा हारेकी छैन, धेरैले नाटकमा पनि राम्रै अभिनय छ भनिरहनुभएको छ, भविष्यमा अभिनय क्षेत्रमा जम्ने सुरमा छु’, उनले भनिन्, ‘सकेसम्म सफल कलाकार बन्ने सपना हो ।’
सानैदेखि नृत्य गर्न थालेकी उनले नृत्यले पनि कलाकारितामा सहयोग पुग्ने ठानेर यसतर्फ लागेका हुन् । ‘स्कुलले नै बहुप्रतिभाशालीको उपाधिसहित गरिसकेका छौं’, प्रिन्सिपल मिलनकुमार राई भन्छन्, ‘उनको कला हेर्नलायक र तारिफयोग्य छन् ।’
नृत्यकला सिक्दै अघि बढिरहेकी उनी अहिले कभर डान्स गरिसकेकी छिन् । मेलिना राईको स्वर र अभिनय रहेको ‘बैंशै बइमानी’ बोलको गीतमा कभर डान्स गर्ने पहिलो प्रयास गरेकी छिन् । उनको अभिनयलाई धेरैले मन पराएका छन् । उनलाई नृत्य सिकाउने गुरु हुन् नेपाल टेलिभिजनमा प्रत्येक हप्ता आउने डान्सिङ रियालिटी शो छमछमीको सिजन थ्रीको फस्ट रनरअप बनेकी मनिता राई । 

प्रतिक्रिया

  • प्रबन्ध निर्देशकः डम्बरकुमार तुम्वापो
  • निर्देशकः राजेन्द्र गुरूङ
  • प्रधान सम्पादकः महेश श्रेष्ठ
  • सम्पादक/प्रकाशकः शेखरनाथ जोगी
  • फोटो सम्पादकः लक्ष्मण थापा
  • सल्लाहकारः हर्ष सुब्बा, गौरवमान श्रेष्ठ, भीम लिङ्थेप